|

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो संघ र प्रदेशको चुनावमा एमालेले नजिते देश बर्बाद हुने दाबी गरेका छन्।

पार्टीको झापा-काठमाडौं सम्पर्क मंचले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई बर्बादीमा जान नदिन एमालेले जित्नै पर्ने बताए।‘एमालेले जसरी पनि चुनाव जित्नै पर्छ, हार्ने सुविधा छैन।’ ओलीले भने।

सत्ता गठबन्धन लुटेर खानका लागि बनेको भन्दै ओलीले यसको निश्चित कुनै गन्तब्य नरहेको बताए।

‘अहिले फेरि गठबन्धनले जित्यो भने भएको लुटपाट गर्छन्। विकास पनि केही हुँदैन।’ ओलीले भने, ‘एक वर्षमा त यस्तो छ, यो गठबन्धनले पाँच वर्ष सरकार चलायो भने के होला?’

उनले गठबन्धनले जाली किर्ते पाराले लुटेर लिएको सरकार भएकाले यसमा जनताको कुनै भूमिका नरहेको बताए।

'तर अबको चुनावमा गठबन्धनले जित्यो भने जनताको पनि कमजोरी देखिन्छ।’ उनले थपे।

गठबन्धन सरकार जनता अल्मल्याउन तल्लिन रहेको ओलीको आरोप छ।

‘एक घण्टामा चितवन पुर्‍याउने भनेर बजेट ल्याउने सरकार यहि हो। न टनेल, न केबलकार कसरी एक घण्टामा पुगिन्छ चितवन?‘ ओलीले भने, ‘कि सरकारले पिठ्युँमा बोकेर पुर्‍याउँछ? हेलिकप्टर,प्लेनले त २०-२५ मिनेटमा पुर्‍याइरहेकै छ त!’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.