|

काठमाडौं : पछिल्लो समय विश्वभरि नै बढ्दै गएको मंकिपक्सको संक्रमणले फेरि अन्तरराष्ट्रिय आवागमन रोकिन सक्ने बताइएको छ।

डब्लुएचओ नेपाल प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवले पछिल्लो समय मंकिपक्स संक्रमण बढ्दै गएको हुँदा यो स्थिति यथावत रहे अन्तरराष्ट्रिय आवागमन रोकिन सक्ने संकेत गरेका हुन्।

‘मंकिपक्स संक्रमण हाल जुन तरिकाले बढ्दै गएको छ‚ यो नरोकिए भोलिका दिनमा अन्तरराष्ट्रिय आवागमन फेरि रोकिन सक्छ। त्यसैले सतर्क रहनुपर्ने अवस्था छ‚’ उनले भने।

डा पाण्डवले विगतमा मंकिपक्स नदेखिएका देशमा समेत हाल तीव्र गतिमा फैलिएकाले यसबाट सचेत हुनुपर्ने बताए। उनका अनुसार हाल देखिएका मंकिपक्स संक्रमणमा यसअघिभन्दा केही फरक खालका लक्षणसमेत देखिएको बताए।

“वैज्ञानिकहरूले समेत यसको आधिकारिकता अझै पत्ता लगाउन सकेका छैनन्, उनले भारतमा समेत हाल मंकिपक्स देखिएको र एकजनाको मृत्युसमेत भएको छ। भारतमा संक्रमण बढ्दै जाँदा नेपालमा पनि जोखिम बढ्दै गएको छ‚’ उनले भने।

पछिल्लो समय नेपालसँग खुला सिमाना जोडिएको छिमेकी देश भारतमा मंकिपक्स संक्रमण बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा मंकिपक्सको आशंकामा ६ वटा नमुना परीक्षण गरिएको छ।

उक्त परीक्षणमा धेरैमा चिकेनपक्स पुष्टि भएको छ भने एक जनामा कुष्ठरोग भएको पुष्टि भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.