|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन्। नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी शुक्रबार बेलुकी जापान प्रस्थान गरेका हुन्।

प्रचण्डलाई टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापनाका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसहित प्रवासी नेपालीले स्वागत गरे। 

प्रचण्डले शनिबार जापानको फुकुवामा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ। आइतबार उनी जनप्रगतिशील मञ्च जापानको आयोजनामा हुने ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा सहभागी हुनेछन्। 

प्रचण्ड साउन २५ गते स्वदेश फर्किनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.