|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन्। पाँचदिने भ्रमणका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन्।

नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड शुक्रबार बेलुकी जापान प्रस्थान गरेका थिए। प्रचण्ड जापान प्रस्थानपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता श्रेष्ठलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले बताए। 

उनले आज जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभल समारोहको  समुद्घाटन गर्ने कार्यक्रम छ। आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्नेछन्।
 
नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार र आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रियामा सहभागिता जनाउनेछन्। 

जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे उनको सचिवालयले जनाएको छ। प्रचण्ड २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.