|

एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गरेकी छिन्।

सावित्रा गत महिना भारतीय क्लब गोकुलम केरेला एफसीमा  एक वर्षका लागि आबद्ध भएकी थिइन्।दुई वर्षअघि सावित्राकै महत्त्वपूर्ण प्रदर्शनमा गोकुलमले महिला लिग 'आइडब्लू एफ'को उपाधि जितेको थियो। सावित्राले लिगका सबै खेलमा गोल गर्दै सनसनीपूर्ण प्रदर्शन गरेकी थिइन्। उच्च गोलकर्ताको शीर्षस्थानमा रहेकी सावित्राले १६ गोल गरेकी थिइन्।

सन् २०१९ मा पहिलोपटक सावित्राले सेथु एफसीबाट भारतमा व्यवसायिक फुटबल खेल्न शुरु गरेकी थिइन्। गत वर्ष भने चोटका कारण लामो समय सावित्रा मैदान बाहिर रहिन्। २०७७ साल फागुनमा महिला लिगका दौरान घुँडामा चोट लागेपछि सावित्रा लामो समय मैदान बाहिर रहिन्।

उनी लामो समय कतारमा उपचार गरेर स्वदेश फर्किएर मैदानमा सक्रिय रहेकी छिन्।

अब सावित्राले गोकुलमबाट २० देखि २६ अगस्टमा हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछिन्। भारतको च्याम्पियन गोकुलमसँगै यो समूहमा उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.