|
फाइल फोटो

काठमाडाैं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मन्त्रीको रुपमा आफूले पाएको जिम्मेवारी अस्थायी भए पनि सो पदमा बसुञ्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताएका हुन्। 

नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पुर्‍याउने आश्वासन समेत दिए। सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे। 

‘मैले पनि मन्त्रिपरिषद सदस्यको जिम्मेवारी पाएको छु । मैले आफ्नो मन्त्रालयमा कति बस्छौँ, त्यो बेग्लै कुरा हो । जीवन त अस्थायी छ । पद, प्रतिष्ठान भनेको सधैं रहिरहँदैन। यो दुनियाँलाई थाहा भएको कुरा हो । तर हामी जति बस्छौँ, जुन क्षेत्रमा हामीले काम गर्‍यो । त्यो क्षेत्रले उत्साह पाउने गरी हामीले काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ’ उनले भने। 

देश र जनताको हितमा सबैले आ-आफनो क्षेत्रबाट योगदान पुर्‍याउन जरुरी रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.