|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौ महानगरभित्र देखिएका समस्याको समाधान गर्न निर्देशन दिएका छन्। 

नेपाल शिक्षक संघ काठमाडौं महानगर समितिले शनिबार गरेको कार्यक्रममा बोल्दै तत्कालै जनताले अनुभूति हुने गरी गर्न काम गर्न महानगरबाट निर्वाचित वडाध्यक्षहरूलाई निर्देशन दिएका हुन्। 

उनले भने, ‘महानगरमा कांग्रेसको बहुमत छ। त्यसैले तपाईंहरूले बाेर्ड बैठकबाट आवश्यक निर्णय लिएर फोहोरमैला व्‍यवस्थापन लगायतका समस्याको समाधान गर्न लाग्नुपर्छ। काम गरेर देखाउनुस्।’ 

उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्थानीय जनप्रतिनिधिहरूले गरेका कामबाट जनताले आफ्नो धारणा बनाउने भएकाले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए। 

महानगरभित्रका सार्वजनिक विद्यालयको गुणस्तर सुधार गर्न आग्रहसमेत गरे। शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि आवश्यक शिक्षा ऐन अगाडि बढाउन आफूहरूले पहल गर्ने आश्वासनसमेत दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.