|
फाइल फोटो

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकार कायमै रहिरहे मुलुक एक वर्षमा श्रीलंकाजस्तो बन्ने दाबी गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजना एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले जतनलाई महँगी र भ्रष्टाचार उपहार दिएको टिप्पणी गरेका हुन्।

उनले भने, ‘वर्तमान गठबन्धनको सरकार रहिरहे अबको एक वर्षमा देश श्रीलंकाको बाटोमा पुग्छ। हामीले सरकार छाड्दा मूल्य वृद्धिदर ३.६ प्रतिशत थियो। अहिले ८.५६ प्रतिशत पुगेको छ। जनताको जीवन कष्टकर बनेको छ। गठबन्धन सरकारको जनतालाई महँगी र भ्रष्टाचार उपहार दियो।’

सरकार माफिया र दलाललाई प्रवर्धन गर्न लागेको आरोप लगाए। यो सरकारको नेतृत्वमा अर्थतन्त्र सुधार सम्भव नभएको दाबी गरे। 

उनले भने, ‘आउने चुनाव सत्ताको विरुद्ध लड्दैछौँ। सरकारको विरोध र भण्डाफोर जति गर्न सक्छौँ एमालेलाई चुनाव जित्न त्यति सहज हुन्छ। यो सरकार अक्षम र नालायक भइसक्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.