|

काठमाडौं : जिल्ला प्रहरी कार्यालय बाराले मदिरा बनाउन प्रयोग हुने एक हजार लिटर कच्चा पदार्थ  नष्ट गरेको छ।

जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित गुरुङ टोल र गुम्बा टोलका १० घरबाट अवैध मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिएको १ हजार लिटर कच्चा पदार्थ वडाध्यक्ष र स्थानीयको उपस्थितिमा नष्ट गरिएकाे हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.