|

काठमाडाैं : ‘स्पाइनलकर्ड इन्जुरी’ रोगपीडित सुनसरी जिल्लाको इटहरी–२० तरहराका ४४ वर्षीय पारस मोतेले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्।

उनी विगत १० वर्षदेखि ‘स्पाइनलकर्ड इन्जुरी’ रोगसँग जुध्दै आएका छन्। स्पाइनलकर्ड इन्जुरीको १० वर्षअघि साथीहरूबाट पैसा जुटाएर दिल्लीको एक सरकारी अस्पतालमा एकपटक एम्बुलाइजेशन गरेका मोतेलाई अस्पतालले अझै दुईपटक एम्बुलाइजेशन गर्नुपर्छ भनेको छ, तर पैसा छैन।

मोतेले पैसा अभावमा थप उपचार रोकिएको भन्दै सहयोगको याचना गरिरहेका छन्।

उनले भने, 'एकपटक एम्बुलाइजेशन गरेको रु. चार लाख शुल्क लाग्छ, एम्बुलाइजेशनका लागि करिब नौ महिना भारतमा बस्नुपर्छ, म मात्रै नभएर बिरामी कुरुवाको समेत खानपिनको बन्दोबस्त गर्न समस्या हुन्छ, मेरो अर्थ अवस्था अत्यन्त कमजोर छ, थप उपचारमा आर्थिक सहयोग गरिदिनु हुन देश र विदेशमा रहेका सहयोगी मनहरूलाई आग्रह गर्दछु।'

उनले आफूलाई सहयोग गर्न इच्छुक व्यक्तिलाई मोबाइल नं ९८०४०३७४२८ मा सम्पर्क गर्नसमेत आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.