|

काठमाडौं : जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज हिरोसिमामा पुगेका छन्।

प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेको उनको सचिवालयले जनाएको छ। उनले त्यहाँ हिरोशिमा संग्राहलयको अवलोकन गरेका थिए।  प्रचण्ड आजै ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ भन्ने विषयमा केमाइदो यिकीमा हुने अन्तक्र्रियामा सहभागी हुने कार्यक्रम छ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड अस्ति राति जापान प्रस्थान गरेका थिए। प्रचण्डले हिजो फुकोओकामा नेपाल फेष्टिबलको उद्घाटन गर्नुभएको थियो ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.