|

काठमाडौं :  ताइवानको सीमा क्षेत्रमा अमेरिकाले सैन्य अभ्यास जारी राखेपछि अमेरिकाले चीनमाथि भड्काउ तथा गैरजिम्मेवार कार्य गरेको आरोप लगाएको छ।

ह्वाईट हाउसले ताइवानको अवस्थिति बदल्ने नियोजित षड्यन्त्र चीनले गरिरहेको आरोप लगाएको छ। अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले ताइवानको भ्रमण गरेपछि चीन भड्किएको थियो।

त्यसलगत्तै चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास तीव्र पारेको छ। सैन्य अभ्यासका कारण सामुद्रिक र हवाई मार्गसमेत प्रभावित भएका छन्। ताइवानको रक्षा मन्त्रालयले चिनियाँ लडाकु जहाज तथा विमानले शनिबार ताइवानको सामुद्रिक क्षेत्रमा धावा बोलेको र कतिपय ठाउँमा सीमा मिच्ने प्रयास भएको बताएको छ।

दुई देशले स्वीकार गर्दै आएको बफर जोनमा चिनियाँ सैन्य जहाज तैनाथ भएको ताइवानको आरोप छ। चीनले पछिल्लो समय कुनै प्रतिक्रिया दिएको छैन, यद्यपि आज पनि त्यस क्षेत्रमा सैन्य अभ्यास जारी रहने आशंका ताइवानी अधिकारीको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.