|

काठमाडौं : म्यानमारका दुई चर्चित मोडललाई १५ वर्ष जेल सजाय सुनाइएको छ। अश्लिल भिडियो पोस्ट गरेको भन्दै मोडलहरू नाङ म्वे सान र थिन्जर विन्ट क्यावलाई  १५ वर्षको जेल सुनाइएको हो।  उनीहरुलाई संस्कृति र मर्यादालाई हानी पुर्‍याएको आरोप लगाइएको छ।​

उनीहरूले कथित अश्लिल तस्वीर  र भिडियो वितरण गरेको र त्यसले म्यानमारको संस्कृति र सम्मानमा हानी पुगेको जुन्ता सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सैन्य कुपछि सन् २०२१ मा शक्ति हातमा लिएपछि जुन्ताले म्यानमारको परम्परागत संस्कृतिलाई संरक्षण गर्न खोजिरहेको छ। सरकारले अनलाइन सामग्रीमा नियन्त्रण र मनोरञ्जन पूर्ण सामाग्रीमा सेन्सर लगाएको छ। 

वेबसाइटहरूमा अश्लिल सामग्री पोस्ट गर्ने र म्यानमारका महिलाहरूको लज्जा र विनम्रतालाई हानी पुर्‍याउने अन्यलाई पत्ता लगाइ प्रभावकारी कारबाही गरिने सेनाको विज्ञप्तिमा चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.