‘कुनै व्यक्तिलाई संविधान न कानुनबाहिर जाने अधिकार हुँदैन’

|

काठमाडौं : नेकपा एमालेको सांसद भीम रावलले देशको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृतिको थुप्रो लागेको बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफलको क्रममा तथ्यको आधारमा अघि बढ्नुपर्ने बताएका हुन्। 

उनले भने, ‘महाभियोगको प्रस्ताव ल्याएको कति भयो? हामी कता जाँदैछौँ। यस्तो गम्भिर बिषयलाई समयमै निराकण गर्नुपर्यो। छानविन समितिले त्यसबारेमा के गर्दैछ? हाम्रा न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा विकृत्तिको थुप्रो लागेको छ।’

उनले  कुनै व्यक्तिलाई पनि संविधान न कानुन बाहिर जाने अधिकार नहुने बताए। न्यायपालिकाको बिषयमा उठेको प्रश्नमा तथ्यको आधारमा आवश्यक कदम चाल्नुपर्ने बताए। 

देशको हितअनुसार सोच्नुपर्ने भएकाले सम्बन्धित समितिले छानविन गरेपछि मात्रै गहन छलफल हुने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.