|

काठमाडौं : पछिल्लो केहीदिन यता कोरोना संक्रमणसँगै डेंगुको ग्राफ पनि उकालो लागेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत एक सातामा १०९ जनामा डेंगुको संक्रमण भेटिएको छ।

तीमध्ये सबैभन्दा बढी रुपन्देहीमा ३९, सिन्धुलीमा ८, गुल्मीमा ६, काठमाडौं ललितपुर र कपिलवस्तुमा ५/५, धादिङमा ४, अर्घाखाँची, रामेछाप, दाङ, प्युठान, लमजुङमा ३/३ जनामा एकै सातामा संक्रमण पाईएको हो।

अघिल्लो वर्षको यही अवधिमा जम्मा ९ जनामा डेंगु संक्रमण पाईएको थियो।

पछिल्लो एक महिनामा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको महाशाखाको तथ्यांकले देखाएको छ। महाशाखाका अनुसार बितेको ३० दिनमा मात्रै विभिन्न जिल्लाका ३९८ जनामा डेंगु पुष्टि भएको छ। यस वर्षको जनवरीदेखि अगस्ट ४ सम्ममा ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

केहीदिन अघिमात्रै ललितपुरमा ३१ र मकवानपुरको हेटौंडा उपमहानगरका ४० जनामा डेंगु संक्रमण पाइएको थियो। मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीले ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स–साना बिमिराहरु देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक–वाक तथा वान्ता हुनेजस्ता लक्षणहरु देखिए तुरुन्तै स्वास्थ्य संस्थामा जँचाउन आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.