|

काठमाडौं : महोत्तरीको भंगहा नगरपालिका १ कञ्चजनवनमा ज्वाईले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन्।

गएराति आमाछोरीलाई मट्टितेल खन्याएर आगो लगाएपछि दुवै जना गम्भीर घाइते भएका छन्। वैदेशिक रोजगारीबाट फर्किएकाे एक वर्षदेखि ससुरालीमा बस्दै आएका औरही नगरपालिका ८ का शंकर सदाले आफ्नी श्रीमती ३५ वर्षकी पर्मिलादेवी र ६५ वर्षकी सासु रेश्मादेवी सदालाई आगो लगाएका महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पैयनीले थाहाखबरलाई जानकारी दिए।

जलेर घाइते भएका दुवै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याइएको छ। रेसमादेवीको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको छ भने प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक पैयनीले बताए। सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा घटना पश्चात फरार भएका छन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.