|

गत सिजन बिर्सनलायक प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको पनि दुखद् सुरुवात गरेको छ। आइतबार साँझ आफ्नै मैदान वर्ल्ड ट्राफोर्डमा ब्राइटनसँग युनाईटेड २/१ ले स्तब्ध भएको हो।

आफ्ना हजारौँ समर्थकमाझ सुखद सुरुवातको प्रतीक्षामा रहेको युनाइटेड पहिलो हाफमा नै २ गोल खान पुगेको थियो। दोस्रो हाफमा ब्राइटनले एक गोल उपहारका रुपमा दिएपनि युनाइटेडले हार टार्न भने सकेन।

एरिक टेन ह्यागको प्रशिक्षणमा पहिलो पटक सिजनको सुरुवात गरेको युनाइटेड अप्रत्यासित पराजय भोग्दा उसले गत सिजनका क्लबका टप स्कोरर क्रिस्टियानो रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेको थियो। यद्यपि यसै सिजन युनाइटेडमा आवद्ध भएका क्रिस्टियन एरिक्सन र लिसान्ड्रो मार्टिनेजलाई भने सुरुवाती लाइनअपमा मौका दिएको थियो।

निकै कमजोर सुरुवात गरेको युनाइटेडविरुद्ध पासकल ग्रोसले पहिलो गोल गरेका थिए। ३० औँ मिनेटमा पहिलो गोल गरेका ग्रोसले नै ३९ औँ मिनेटमा टिमको अग्रता दोब्बर बनाए। पहिलो हाफमा २ गोलको अग्रता बनाएको ब्राइटन विरुद्ध दोस्रो हाफमा युनाइटेडले खेलमा फर्कने प्रयास गरेपनि सफल भएन।

६८ औँ मिनेटमा मार्क अलिस्टरले आत्मघाती गोल गर्दा युनाइटेड खेलमा फर्कने विश्वासमा थियो तर उसको सपनालाई ब्राइटनले पूरा हुन नदिँदा सिजनको सुरुवात नै युनाइटेडका लागि खल्लो बन्यो। त्यस्तै अर्को खेलमा लेस्टर सिटी र ब्रेन्टफोर्डले २/२ गोलको बराबरी खेल्दै अंक बाँडे।​
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.