|

सल्यान : बालविवाह न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी निकायबाट प्रयास भएपनि सल्यानमा भने उक्त प्रयास प्रभावकारी देखिएको पाइएको छैन।

पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा जिल्लाभर ४ हजार ७ सय २३ जना २० वर्षमुनिका किशोरीहरु गर्भवती भएको देखिएको छ। विगतको तुलनामा केही मात्रामा घटेको देखिएपनि उल्लेख्य मात्रामा सानै उमेर गर्भवती हुनेको संख्यामा कमी आउन सकेको पाइँदैन।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा जिल्लाभर ७ हजार २ सय ५७ महिला गर्भवती भएकोमा १ हजार ७ सय ५७ जना गर्भवती २० वर्षमुनिका रहेका छन् ।

आर्थिक बर्ष २०७७/०७८ मा ६ हजार १९ महिला गर्भवती भएकोमा १ हजार ५ सय ९५ जना गर्भवती २० वर्षमुनिका भएका छन् भने गत आर्थिक वर्ष २०७८/०७९ मा  ५ हजार ८ सय ५ जना गर्भवती भएकोमा १ हजार ३ सय ७१ जना २० वर्षमुनिका रहेका छन्।

कार्यालयका सूचना अधिकारी थलराज डिसीले स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने २० वर्षमुनिका किशोरीहरूको संख्यामा कमी आउन नसकेको बताए।

वर्षेनी जिल्लामा २० वर्षमुनिको गर्भ जाँच गराउन आउने किशोरीहरूको संख्यामा तुलनात्मक रुपमा कमी आएपनि अपेक्षाकृत रुपमा कमी आउन नसकेको उनको भनाइ छ।

केही गर्भवतीहरु पायक पर्ने छिमेकी जिल्लाका स्वास्थ्य संस्थाहरुमा पनि गर्भजाँच गराउन जाने भएकाले जिल्लाको तथ्यांकमा कम देखिएको हुनसक्ने उनकाे भनाइ छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.