|

तनहुँ : जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता भएको छ। आर्थिक वर्ष ०७८\७९ मा अदालतमा सम्बन्धविच्छेदका ९३७ मुद्दा दर्ता भएको हो । 

कुल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ। अदालतले सो वर्ष ६८६ सम्बन्धविच्छेदका मुद्दा फर्छयोट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। सम्बन्धविच्छेदका २५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९\८० मा जिम्मेवारी सरेको छ।

कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएपछि  अदालतमा सम्बन्धविच्छदेका मुद्दा बढी आउने गरेको बताइएको छ। बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा जस्ता कारणले सम्बन्धविच्छेदको मुद्दा बढेको बताइएको छ। 

यसैगरी लेनदेनतर्फ ११९ मुद्दा रहेकामा ७३ मुद्दा फर्छ्योट भएको छ। अंशतर्फ ४०८ मुद्दा रहेकामा १५९ थान मुद्दा फर्छ्योट भएको छ । लिखत बदरतर्फ ए१२० मुद्दा रहेकामा ३५ मुद्दा फर्छ्योट भएको छ । 

जबर्जस्ती करणीतर्फ ८० मुद्दा रहेकामा २५ मुद्दा फर्छ्योट भएको छ । कर्तव्य ज्यानतर्फ २२ मुद्दा रहेकामा आठ, सवारी ज्यानतर्फ ८१ मुद्दा रहेकामा ५१, ज्यान मार्ने उद्योगतर्फ २१ मुद्दा रहेकामा १०, चोरीतर्फ ३३ मुद्दा रहेकामा १४ मुद्दा फर्छ्योट भएको छ । 

डाँकाचोरीतर्फ दुई मुद्दा रहेकामा दुई, लागुऔषधतर्फ ६८ मुद्दा रहेकामा ३३, आत्महत्या दुरुत्साहनतर्फ आठ मुद्दा रहेकामा दुई, मानव बेचबिखनतर्फ एक मुद्दा रहेकामा एक, कुटपिटतर्फ एक मुद्दा रहेकामा एक, जालसाजीतर्फ १२८ मुद्दा रहेकामा ४८ र बहुविवाहतर्फ १५ मुद्दा रहेकामा छ थान मुद्दा फर्छ्योट भएको छ। बालविवाहतर्फ चार मुद्दा रहेकामा तीन, बालयौन दुरुपयोगतर्फ सात मुद्दा रहेकामा पाँच, चेक अनादरतर्फ १०० मुद्दा रहेकामा २४ र अन्यतर्फ ३४० मुद्दा रहेकामा १७८ थान मुद्दा फर्छ्योट भएको छ।

अदालतले ४७६ मुद्दा मेलमिलापका लागि पठाएकामा ३६ मुद्दा मात्रै मेलमिलापबाट समाधान भएको छ। अदालतमा सूचीकृत मेलमिलापकर्ता १४ जना छन्। अदालतले सो अवधिमा ५४।५६ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । अदालतले उक्त अवधिमा लक्ष्यभन्दा कम मुद्दा फर्छ्योट गरेको हो। अघिल्लो वर्षको जिम्मेवारी सरिआएका ९५९ र नयाँ दर्ता एक हजार ५४१ गरी कुल दुई हजार पाँच सय मुद्दामध्ये एक हजार तीन सय ६४ मुद्दा फर्छ्योट भएको अदालतका श्रेस्तेदार कुँवरले जानकारी दिए।

त्यस अवधिमा न्यायाधीश हरिशचन्द्र ढु‌गानाले ६२४ थान र न्यायाधीश वासुदेव पौडेलले सात सय ४० थान मुद्दा फर्छ्योट गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.