|

काठमाडौं :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागि भइ काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमा गरेका छन्। नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजा गाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ। यसैक्रममा सोमबार बिहान मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा गरेका हुन्। 


गुँला पर्व बुद्ध धर्मावलम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताए।  काठमाडौंको बौद्ध परम्परामा यसको विशेष महत्व रहेको उनको भनाइ छ। गुँला महिना भर धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा(खिं ) जस्ता बाजा बजाई पूजा पाठ गर्ने प्रचलन छ। 
यस पर्वमा अघि अघि बाजा र सङ्गीत, पछि पछि भक्तजनहरू रहने गर्दछन्। यस पर्वले विभिन्न बाजा लगायत संस्कृतिको संरक्षणमा टेवा पुर्याएको चर्चा गर्दै  मन्त्री श्रेष्ठले यसको जीवन्तताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.