|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर बाराको सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट जाने क्रममा मौसम खराबी भएपछि ओली चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो। अत्यधिक वर्षाका कारण गौर पुग्न नसक्ने भएपछि सिमरा विमानस्थलमा सुरक्षित रुपमा अवतरण गरिएको बताइएको छ।

ओली करिब ४५ मिनेट विमानस्थलमा रोकिएपछि रौतहटतर्फ लागेको एमाले नेता मनोज पौडेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.