|

धनगढी : धनगढीमा डेढ किलो चरेससहित एक सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्। बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कैलालीको बनबेहडा गणमा कार्यरत सशस्त्र जवान जोशीको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ। धनगढीको सिटी होटलबाट प्रदेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

जोशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.