|

मुस्ताङ : जिल्लाको उपल्लो भेग लोमान्थाङमा विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्ष निर्माण गरिएकाे छ।

मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाइमा रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। यसअघि ३ हजार ९ सय ७० मिटरको उचाइमा रहेको सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्थ्यो।

९ होलको सो गल्फ कोर्ष गण्डकी प्रदेशकी सांसद ईन्द्रधारा विष्टको सक्रियतामा सांसद विकास कोषको आर्थिक सहयोग र लोमान्थाङ गाउँपालिकाको सहयोगमा निर्माण गरिएको छ।

भर्खरै मात्र निर्माण सम्पन्न भएको गल्फ कोर्षमा आउने भदौ दोस्रो सातामा 'टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ प्रतियोगिता आयोजना हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

सो प्रतियोगिता भदौ ११ गते शनिबार आयोजना हुनेछ।​

स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टू द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कार दिइनेछ। प्रतियोगितामा ४ जना महिला गल्फरसहित कूल २८ गल्फरले प्रतिस्पर्धा गर्नेछन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.