|

काठमाडौं : शिक्षक तथा विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका सबै विद्यालय एक साताका लागि बन्द गरिएको छ।

अधिकांश शिक्षकसहित विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि २ निजीसहित २३ विद्यालय सोमबारदेखि बन्द गरिएको गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार परीक्षण गरिएका अधिकांशमा कोरोना भाइरस पुष्टि भएको छ। तीव्र रुपमा संक्रमण फैलिएकाले बाध्य भएर विद्यालय बन्द गर्नुपरेको अध्यक्ष खापुङले बताए।

सुरुमा ४ दिनसम्म बिदा दिइएको र त्यसपछिका तीन दिन सार्वजनिक बिदा भएकाले एक सातासम्म विद्यालय बन्द रहनेछ। आगामी आइतबारबाट विद्यालय नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.