|

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ र फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७९ बाट पुरस्कृत हुनेहरूकाे नाम सार्वजनिक गरेको छ।

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ सुनसरीका गोपाल देवान (छापा), काठमाडौंका अनिता गुरुङ (अनलाइन), चितवनका राजु चौधरी (टेलिभिजन) र उदयपुरका अप्सरा समाल (रेडियो)ले पाउने भएका छन्।

फोनिज मातृभाषा पत्रकारिता सम्मान बुङ्वाखा मासिक पत्रिकालाई दिइने फोनिजले जनाएको छ। फोनिजको सांगठनिक जीवनमा अतुलनीय योगदान पुर्‍याएका संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ र पूर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई अभिनन्दन गरिनेछ।

फोनिजका महासचिव मिलन लिम्बूले २२ साउन गते सम्पन्न संघीय समिति सचिवालय बैठकले यी निर्णय गरेको जानकारी दिए। उनका अनुसार फोनिजको २३ औँ स्थापना दिवसका अवसरमा यही साउन २७ गते काठमाडौँमा विशेष समारोह आयोजना गरी विजेताहरूलाई अभिनन्दन तथा पुरस्कार वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.