रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा यतिबेला विवाद सुरु भएको छ। वृन्दावन नगरपालिकाको वडा नं—४ हर्दिया पल्टुवमा निर्माण हुन लागेको १५ शैयाको अधारभूत अस्पताल सो स्थानबाट सारेर अन्यत्र लान लागेको भन्दै सो पालिकामा विवाद सुरु भएको हो।
वृन्दावनको वडा नं—४ हरैया पल्टुवामा अधारभूत अस्पतालको लागि आवश्यक जग्गासमेत अनुगमन भइसकेको थियो। अस्पताल निर्माणको लागि वृन्दावन नगर कार्यपालिकाबाट नियमानुसार टेण्डर अह्वानसमेत गरिसकेको थियो।
करिब दुई करोडको लागतमा निर्माण हुन लागेको सो अस्पताल वृन्दावनका नव निर्वाचित नगरप्रमुख विनोद पटेल र प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको मिलोमतोमा सार्न लागेको भन्दै वडा नं–४ का स्थानीयहरुले विवाद गर्न थालेका छन्।
जनताका लागि आएको बजेट अस्पतालका मेयर र हाकिमको राजनीतिका कारण २ करोड फ्रिज भएको र नगरबासीहरुको बीचमा द्वन्द्वको वातावरण सिर्जना गराइएको वडा नं—४ का वडा अध्यक्ष श्याम नन्दन यादवको भनाइ रहेको छ।
स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रको विकास प्रक्रिया अवरुद्ध गरिएकोमा गम्भीर ध्यान आकर्षण भएकाे उनले बताए। वृन्दावन नगरपालिका वडा नं—४ का स्थानीयले मंगलबार नगरपालिका अगाडि नाराबाजी तथा विरोध प्रदर्शनसमेत गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।