|

काठमाडौं : जनता समाजवादी पार्टी छाडेर हालै नयाँ पार्टी खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव पनि अब गठबन्धनमा मिसिने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई उनीहरुले आज साँझ बालुवाटारमा भेटेर यस बिषयमा छलफल गरेका हुन्।

मंसिर ४ गते सरकारले संघ र प्रदेशको निर्वाचनको मिति तोकेसँगै नेपाल समाजवादी पार्टी खोलेका भट्टराई र यादव बालुवाटार पुगेका हुन्।

भेटमा समसामयिक राजनीतिक घटनाक्रम र चुनावी तालमेललगायतका विषयमा छलफल भएकाे बताइएकाे छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पत्तासाफ गर्न प्रधानमन्त्री देउवाले ५ दलीय सत्तारुढ गठबन्धनभित्र अन्य दललाई पनि समावेश गर्ने तयारी गरिरहेका छन्।

भेटमा अध्यक्ष यादव र भट्टराईले आफूहरु पनि यही गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका थिए। ‘हाम्रो पार्टी दर्ता भयो, हामी यही गठबन्धनको घटक हौँ,’ भट्टराईको भनाइ उद्धत गर्दै यादवले भने, ‘यही गठबन्धनमा रहनको लागि वातावरण बनोस् ।’

जवाफमा प्रधानमन्त्री देउवाले आफूले यसबारे गठबन्धनमा छलफल गरेर मिलाउने आश्वासन दिएका थिए ।

यादवका अनुसार छलफल सकरात्मक भएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.