|

काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टिमकी सदस्य सीता राना मगरले व्यक्तिगत तर्फ टी-२० वरीयतामा सुधार गरेकी छिन्। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा सीताले दुई स्थान सुधार गरेकी हुन्।

उनी महिला तर्फको ब्याटिङ वरीयतामा ६२ औँ स्थानमा उक्लिएकी हुन्। ब्याटिङतर्फ नै नेपालकी ज्योति पाण्डेले शीर्ष सय स्थान गुमाएकी छिन्। यसअघि शीर्ष १०० मा अटाएकी सीता यो पटक पर्न असफल रहिन्।

यस्तै बलिङतर्फ नेपालकी कविता कुँवरको दुई स्थान खस्किएको छ। उनी ७८ औँ स्थानमा झरिन्। बलिङमा सीता ४ स्थान तल झरेर ८७ औँ स्थानमा रहँदा कप्तान रुबिना क्षेत्री ४ स्थान तल झरेर ८८ औँ स्थानमा पुगिन। आइसिसी महिला टी-ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १८ औँ स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.