|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले ३७० एम्पुल लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

अन्नपूर्ण गाउँपालिका–९ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१३ खत्री चोकमा बस्दै आएका ४४ वर्षीय सन्तोष भनिने इन्द्रमान गुरुङलाई गत साउन २१ मा पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार उनको साथबाट डाईजापाम ५३ एम्पुल, फेनेरागन ५३ एम्पुल र नुर्फिन ५३ एम्पुल गरी १५९ एम्पुल लागुऔषध बरामद भएको छ। कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको छ।

साउन २१ मा नै पोखरा महानगरपालिका–१३ बाँझपाटन बस्ने वर्ष ४० वर्षीय विकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी सवार स्कुटरमा राखिएको डाईजापाम २५ एम्पुल, फेनेरागन २५ एम्पुल र नुर्फिन २५ एम्पुल गरी ७५ एम्पुल लागुऔषध बरामद भएको छ।

प्रहरीले अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी  उनीमाथि अनुसन्धान गरिरहेको छ।

प्रहरी नायब उपरीक्षक तिवारीका अनुसार गत साउन २३ मा पोखरा महानगरपालिका–२० भलाममा बस्दै आएका ३१ वर्षीय सावन विक प्रहरीको नियन्त्रणमा परेका छन्। उनको साथबाट डाईजापाम १७ एम्पुल, फेनेरागन १७ एम्पुल र नुर्फिन १६ एम्पुल गरी ५० एम्पुल लागुऔषध फेला परेको छ। विकको बारेमा थप अनुसन्धान गर्न अदालतबाट ६ दिनको म्याद थप गरिएको छ।

साउन २३ मा नै पोखरा महानगरपालिका–.३० घर भई सोही वडाको बगाले टोलमा बस्दै आएका ५३ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट डाईजापाम २८ एम्पुल, फेनेरागन ३० एम्पुल र नुर्फिन २८ एम्पुल गरी ८६ एम्पुल लागुऔषध बरामद भएको छ।

प्रहरीले जिल्ला अदालत कास्कीबाट छ दिन म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.