|

काठमाडौँ :  काठमाडौँ महानगरले आर्थिक वर्ष २०७८/०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४ सय ४२ रुपैयाँ खर्च गरेको छ। स्वीकृत १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँको ४४.२४ प्रतिशत खर्च भएको हो। बुधबार राष्ट्रिय सभा गृहमा चलिरहेको वार्षिक समीक्षा बैठकमा वित्त विभागले यो अङ्क प्रस्तुत गरेको हो। 

बैठकमा महानगरका प्रमुख बालेन साहले समीक्षाबाट गएको बर्षमा भएका कामको तथ्य र तथ्याङ्कका अवस्था प्राप्त हुने अपेक्षा राखे। यस्ता सूचनाबाट राम्रा कामलाई निरन्तरता दिन,कमजोरी सुधार गर्न तथा अभाव कम गराउन मद्दत हुने उनको भनाइ थियो। यसबाट चालु आर्थिक बर्षको कार्यक्रम कार्यान्वयनमा सहयोग हुनेछ। प्रमुख साहले भने,‘यस बर्ष स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्छ।’

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले प्रस्तुतिमा समस्यासँगै समाधानका उपाय सुझावका रुपमा आउनु पर्ने औंल्याए। समीक्षाबाट प्राप्त भएको तथ्यका आधारमा सुधार गर्दै जानुपर्छ। विगतमा देखिएका कमजोरी दोहोरिन दिनु हुँदैन। यसबाट महानगरले चालु आर्थिक बर्षको कार्यक्रम कार्यान्वयनमा प्रगति गर्न सक्ने पौडेलको भनाइ थियो। 

कार्यक्रममा महानगरका प्रवक्ता नविन मानन्धरले भने, ‘जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गराउनुपर्छ। महानगरलाई जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ नै यही हो।’ समीक्षामा म प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आर्थिक बर्षका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए।

गएको बर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो। बैठकमा योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्र विलास बज्राचार्यले बताए।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.