|

काठमाडौं : लोकसेवा आयोग,बुटवल कार्यालयले अमिन पदमा लिएको लिखित परीक्षामा कसैले पनि पास गर्न नसकेकाे  पाइएकाे छ। उक्त पदमा पाँच सय १९ जनाले लिखित परीक्षा दिएका थिए।

माग पद संख्या भने ६ जनाको मात्रै थियो। आयोगले लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको जनाएको छ।

‘बुटवलको देहायको विज्ञापनको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’नतिजा प्रकाशनमा भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.