‘कम्युनिष्टबाहेक अन्य पार्टीबाट जनताले आशा गरेका छैनन्’

|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले राजनीतिक नेतृत्व पैसा र पदको लागि अहिले लागिपरेको टिप्पणी गरेका छन्। 

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा व्याप्त व्यक्तिवाद अन्त्य गर्नुपर्ने बताएका हुन्। 

उनले भने, ‘म’ बाट सुरु गर्ने प्रवृत्ति व्याप्त छ। म ले पाइनँ भने जस्तोसुकै कुकर्म गर्न तयार हुन्छन्। गुटबन्दी गर्न थाल्छन्, त्यसपछि अनेक जालझेल र षडयन्त्र गर्न थाल्छन् पदका निम्ति, पैसाका निम्ति, आफ्नो स्वार्थ र परिपूर्तिका निम्ति लाग्छन्।’ 

सिद्धान्त र आदर्शप्रति समर्पित हुने भएर जनभावनाअनुसार काम गर्न सक्नुपर्ने बताए। उनले कम्युनिष्टबाहेक अन्य पार्टीलाई जनताले आश नगरेका समेत बताए। 

उनले जनताको माझमा गएर समस्या समाधान गर्न आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.