जब वडा अध्यक्षले सोधे ७० दिन बित्यो के भयो प्रगति?

|

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका लागि कार्यपालिकाको सातौँ बैठक पनि सुखद हुन सकेन। बैठकमा सदस्यहरुले उपत्यकाको फोहोर व्यवस्थापन तत्कालै गर्नुपर्ने अडान राखे।

पहिलो कार्यपालिका बैठकमा कांग्रेसबाट निर्वाचित वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालसँग चर्काचर्की परेपछि सुरु भएको बखेडा अझै रोकिएको छैन। पाँचौ बैठकमा पनि वडा अध्यक्षहरूसँग तनावग्रस्त भएको थियो। सातौँ गाउँकार्यपालिकाको बैठक पनि उस्तै रह्यो।

स्वतन्त्रबाट मेयर बनेपछि कार्यपालिका बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका बालेनले ५ असारको कार्यपालिका लाइभ नगर्ने बताएपछि विरोध सुरु भएको थियो। आजको बैठकमा सबै वडाध्यक्षहरुले काठमाडौंको फोहोर व्यावस्थापन गर्नुपर्ने माग गरेका थिए।

काठमाडौं उपत्यकामा शुक्रबार गाईजात्रा पर्व मनाइन्छ तर फोहोरले आक्रान्त बनेको छ। बैठकमा वडा अध्यक्षले यसलाई तत्कालै व्यवस्थापन गर्नुपर्ने माग राखे। फोहोर व्यवस्थापनका लागि के काम भयो भन्दै गरेको पहिलो प्रश्नमा मेयर बालेनले आक्रोशित जवाफ दिए।

फोहोर लैजाने सडक निर्माण नभएकाले समस्या भएको बताएका थिए।  बैठकमा आक्रोशित बन्दै बालेनले भने, ‘सडक बन्दै छ ५ मिनेटमा मैले लैजान सक्छु त? 

लामो समयदेखि उपत्यकाको फोहोर व्यवस्थापन गर्न नसकी सडकमा असरल्ल राखेको भन्दै चर्काचर्की भएको थियो। भोलि अर्थात शुक्रबार गाईजात्रा सुरु हुँदैछ। आज रातिमा सो फोहोर व्यवस्थापन गर्नुपर्ने सहभागीले बताएका थिए।

मृत आत्माको शान्तिको कामना गर्दै गाईजात्रा मनाउने गरिन्छ। त्यसैले फोहोर तत्कालै समाधान गर्नुपर्ने उनीहरुको माग थियो। फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगर कार्यपालिकाको पहिलो बैठकमा समिति बनाउने घोषणा गरिएको थियो।

फोहोर व्यवस्थापन नभई टिका माला नलगाउने घोषणा गर्नु भएको थियो त। हुन सकेन किन? फोहोर व्यवस्थापनको लागि समितिले कति पटक बैठक बस्यो ? 

भोलिदेखि उपत्यकामा मनाउने गाई जात्रामा पर्यटकलाई फोहोर देखाउने भन्दै बालेनलाई प्रश्न गरेका थिए। फोहोर व्यवस्थापन समितिको बैठक बस्ने गरी कार्यपालिका बैठक सकिएको थियो। कसरी व्यवस्थापन हुन्न भन्ने विषयमा छलफल गरी निश्कर्ष निकाल्ने मेयर साहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.