|

जुम्ला : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनः सञ्चालनमा ल्याएको छ। सो सेवा हप्ताको दुई दिन (आइतबार र बुधबार) सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए।  

जुम्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याउन पहल गरेको प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए।

यसबाट आर्थिक अवस्था कमजोर भएका बिरामीले जुम्लामै उपचार गर्न पाउने भएका छन्। भौतिक व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठानले यो सेवा संचालनमा ल्याएपछि बिरामीहरुलाई सहज हुने भएको छ।

विशेष गरी नेपालीहरुमा ग्यास्ट्रिक कारणले गर्दा पेट र आन्द्रामा हुने घाउलाई इन्डोस्कोपीको माध्यमबाट सजिलै पहिचान गर्न सकिने प्रतिष्ठानले जनाएको छ।

सो सेवा लिनका लागि नेपालगंज र काठमाडौंलगायत भारतको लखनउमा गएर इन्डोस्कोपी गराउनुपर्ने बाध्यता अहिले जुम्लामै सेवा शुरु भएपछि बिरामीहरुलाई हटेको प्रतिष्ठानका निर्देशक राजिव शाहले जानकारी दिए। 

आर्थिक रुपमा पछाडि परेका गरिब असहाय तथा सीमान्तकृत समुदायका बिरामीलाई अस्पतालले निःशुल्क उपचार गर्दै आइरहेको उक्त प्रतिष्ठानले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.