|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ ५ गतेदेखि देशका विभिन्न ५० जिल्लामा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। 

मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म खोपको दोस्रो मात्रा अभियान लगाउने भएको छ। 

कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरी खोप लगाउनसमेत मन्त्रालयले आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.