|

काठमाडौं : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजसम्म ४० वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। 

ठूला दलमध्ये नेकपा एमालेले दल दर्ता गराए पनि नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दल दर्ता गराएका छैनन्। एकातिर दल दर्ताको काम धमाधम भइरहेको छ भने अर्कोतर्फ निर्वाचन आयोग मतदाता नामावली अद्यावधिक, बजेटको आकारसँगै मतदाता शिक्षामा केन्द्रित भएर काम गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्माले थाहा खबरलाई जानकारी दिए।

आयोग अहिले निर्वाचनका लागि चाहिने सबै तयारीको व्यवस्थापनमा केन्द्रित भएको उनले बताए। स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेकोमा यस पटक करिब ६ लाख मतदाता थपिने आयोगको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.