|

काठमाडौं : साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्ये १५ खेलाडी बाहिरिएका हुन्। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रशिक्षणमा अब ३० खेलाडी मात्र रहेको जानकारी दिए। 

श्रीलंकामा सेप्टेम्बर ५ मा आयोजना हुने साफ यू १७ च्याम्पियनसिपमा नेपाल समूह बीमा छ। 

नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ए मा आयोजक श्रीलंका बंगलादेश र माल्दिभ्स अटाएका छन्। 

यस्तै यू–१७ को अर्को प्रतियोगिता एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ। प्रतियोगितामा पनि यही टोलीले सहभागिता जनाउने  तालिका रहेको छ। छनोट खेल भियतनाममा आयोजना हुँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.