‘गठबन्धनबारे कुनै पार्टीले कुरा गरेका छैनन्’

|

काठमाडौं : आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने भएसँगै सानादेखि ठूला राजनीतिक दलहरु मात्र होइन केही स्वतन्त्र व्यत्तीसमेत चुनावको तयारीमा जुटेका छन्।

पाँच दलीय सत्ता गठबन्धन सिट बाँडफाँटमा केन्द्रित छ भने नेकपा एमालेले त घोषणापत्र नै बनाउन थालिसकेको छ। अन्य साना दल अहिले निर्वाचनमा विजय हासिल गर्न भएभरको शक्ति खर्च गरिरहेका छन्।

कतिपय दल अघिल्लो पटकको भन्दा स्थिति सुधार गर्ने ध्याउन्नमा छन् भने कतिपय दललाई भने जमानत जोगाउन मुस्किल हुने जस्तो अवस्था देखिएको छ। 

पटक-पटकको फुट र एकता, एकता र फुटबाट गुज्रिएको राप्रपा हालै मात्र दुई टुक्रा भएको छ। लामो समयदेखि नेतृत्वमा रहेका कमल थापाले राप्रपाबाट बाहिरिएर राप्रपा नेपाल ब्युँताउनुभएको छ।

थापाकै नेतृत्वमा अघिल्लो चुनावबाट एक सांसदससहित सन्तोषजनक समानुपातिक मत ल्याएको राप्रपा विभाजनपछि अहिलेको नयाँ पार्टी राप्रपा नरेपालले आगामी चुनावमा कस्तो परिणाम ल्याउला? स्थानीय तहको निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेको राप्रपा नेपाल संघ र प्रदेशको निर्वाचनमा कसरी अघि बढ्छ? पार्टी निर्माणको एक वर्ष पुग्दा नपुग्दै संगठन निर्माणदेखि सिद्धान्त लागू गर्ने ठोस योजना के छन्? आज यिनै विषयमा केन्द्रित भएर थाहाकर्मी जगत भण्डारीले राप्रपा नेपालका प्रवक्ता सन्तमान सिंह अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश। 

ठूला दल आन्तरिक तयारीदेखि घोषणापत्र बनाउने, सिट बाँडफाँट गर्नेसम्मका काममा जुटिसके तपाईँहरुलाई चुनावले छोइसकेको छैन हो?

निर्वाचनको मिति तय भएपछि ठूला दल मात्र होइन साना दल पनि तयारीमा जुटेका छन्। ठूलाको अलि धेरै चर्चा भएको होला। हामी पनि आन्तरिक तयारी गरिरहेका छौँ। 

आन्तरिक तयारी भनेको के के गरिरहनुभएको छ?

चुनावको तयारी भन्नाले उम्मेदवारको छनोट, घोषणापत्रको तयारी, संगठनलाई चुस्त पार्ने र चुनावमा जुन रणनीति अपनाउनुपर्ने हो त्यो सबै गरिरहेका छौँ। सबै किसिमका तयारी प्रचारप्रसारको काम पनि गरिरहेका छौँ।  

पूर्वराजाप्रति पनि हाम्रो सम्मान छ। तर अहिले हामी जनताकेन्द्रीत राजनीति गर्न सकेन भने हुँदो रहेनछ भन्ने निष्कर्षमा पुग्यौँ। संवैधानिक राजसंस्था पुनर्स्थापना हुने सम्भावना क्षीण हुँदै गएकाले र जनताको भावना पनि लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख भएकाले राप्रपा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राष्ट्रियता र लोकतन्त्रमा विश्वास गर्ने भएकाले हामीले संवैधानिक राजतन्त्रको एजेन्डा छोडेका हौँ।

पार्टी ब्युँतिएको ७ महिना भयो होला। यसबीचमा पार्टीको संगठन निर्माण गर्नेदेखि पार्टीको विचार र सिद्धान्त आम जनतामाझ लैजान कति सफल हुनुभयो?
राप्रपा नेपाल पुनर्जागृत भएको धेरै समय भएको छैन। तर पनि आगामी चुनावलाई मध्यनजर गर्दै देशभर कार्यक्रम गरिरहेका छौँ। पार्टीको विचार र सिद्धान्तलाई मात्र होइन पार्टीको संगठन र ढाँचालाई जनतामाझ लैजाने प्रयास गरिरहेका छौँ। 

कति बलियो बनाउनुभयो त यसबीचमा पार्टीलाई?

पार्टीलाई आन्तरिक व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतर्फ चुनावमा कसरी सफल हुने भन्ने चुनौती छ। अहिले हामीले पार्टीको संगठनलाई बलियो बनाउन लागिरहेका छौँ।

३ दशकभन्दा लामो समय राजासहित हिन्दुराष्टको एजेन्डा बोक्नुभएका तपाईँहरू अहिले राजालाई गालीगलौज र आरोप लगाएर हिँड्नुभएको छ। आमजनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ?

तपाईँले भनेजस्तो हामीले राजाप्रति गालीगलौज गरेका छैनौँ। पृथ्वीनारायण शाहले राष्ट्र निर्माण नगरेको भए आज हामी यो देश छ भन्नसमेत पाउँदैनथ्यौँ। शाहवंशीय राजाहरुको अभूतपूर्व देन छ।

पूर्वराजाप्रति पनि हाम्रो सम्मान छ। तर अहिले हामी जनताकेन्द्रीत राजनीति गर्न सकेन भने हुँदो रहेनछ भन्ने निष्कर्षमा पुग्यौँ। संवैधानिक राजसंस्था पुनर्स्थापना हुने सम्भावना क्षीण हुँदै गएकाले र जनताको भावना पनि लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख भएकाले राप्रपा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राष्ट्रियता र लोकतन्त्रमा विश्वास गर्ने भएकाले हामीले संवैधानिक राजतन्त्रको एजेन्डा छोडेका हौँ।

हाम्रो पार्टीले धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र, समुन्नति र सुशासनको एजेन्डा आत्मसाथ गरेको छ। यसैलाई हाम्रो कार्यनीति र कार्यभार बनाएका छौँ। अब थोत्रो फर्मुलाले पार्टी बन्न सक्दैन। त्यसरी पार्टी स्थापित हुन सक्दैन भन्ने हाम्रो निष्कर्ष हो। 

पदमा बसुन्जेलसम्म राजतन्त्र ठिक पदबाट निस्केपछि बेठिक भएको हो तपाईँका पार्टी अध्यक्ष कमल थापालाई?

यस्ता आरोप प्रत्यारोप त राजनीतिमा लागिरहन्छ। कमल थापालाई मात्र होइन अहिले प्रचण्ड, माधव नेपाल, केपी ओलीलाई लागिरहेको छ। हिजो गिरिजालाई लागेको थियो। यस्तै आरोपलाई चिरेरै अघि बढ्ने व्यक्ति नै सफल हुने हो। 

पार्टीकै महाधिवेशनमा पराजित भएपछि कमल थापाले अर्को पार्टी खोल्नुभयो यद्यपि अहिलेको तपाईँहरूको प्रमुख बर्गशत्रु राप्रपा कि निर्मल निवास

कम्युनिष्टहरुको जस्तो वर्गशत्रु हाम्रो छैन। प्रधान शत्रु भनेर प्रचण्डजीहरु हिँड्नुहुन्थ्यो अहिले देउवासँग गला मिलाएर अघि बढ्नुभएको छ। यी कुरा अहिले पुराना कुरा भइसके।

अहिलेको हाम्रो शत्रु भनेको, अशिक्षा, बेरोजगारी, गरिबी र महँगी हो। यसैका विरुद्धमा संघर्ष गरेर जनतालाई लोककल्याणकारी राज्य स्थापित गर्नुपर्छ भनेर लागिरहेका छौँ।  

‘चोर औँलाले देखाएर फर्सी कुहिँदैन भन्ने उखान छ नि हाम्रो समाजमा। हाम्रा विरोधीहरुले जे पनि भन्न सक्छन् तर रियालिटी त्यो होइन। हामी पृथक् र बेग्लै एजेन्डा लिएर जनतामा स्थापित भएका छौँ। जनताले अन्य पार्टीलाई हेर्ने नजर र हामीलाई हेर्ने नजर धेरै फरक छ। जनताको मनको सिंहासैनमा बस्न राप्रपा नेपाल सक्षम हुनेछ। 

त्यसो हो भने विचार मिल्ने पार्टी तपाईँहरूका लागि राप्रपा कि नेकपा एमाले?

हामीले संवैधानिक राजतन्त्रको एजेन्डालाई छोडिसकेपछि हाम्रा लागि कुनै पार्टी नजिक पनि छैनन् टाढा पनि छैनन्। समय र परिस्थितअनुसार मुलुकको भूधरातलीय स्थितिलाई स्वीकार गरेर हामी अगाडि बढ्नुपर्ने अवस्था हुनसक्छ।

इस्युअनुसार मिल्न सकिने कुरा हो। हाम्रो मित्र शक्ति छैन, र दुस्मन पनि छैन। 

स्थानीय तह निर्वाचनमा यहाँहरूले एमालेसँग तालमेल गर्नुभएको थियो। त्यसको परिणाम कस्तो आयो

त्यतिखेर हाम्रो पार्टी खोलेको २–३ महिना मात्र भएको थियो। चुनावका लागि हामी तयार नै थिएनौँ। एमालेसँग तालमेलको समझदारी गर्‍यौँ। कतिपय ठाउँमा उम्मेदवार नै बनाउन सकिएन। भएको ठाउँमा जहाँ जित्यौँ त्यो सन्तोषजनक नै छ। तर, हामी त्यतिबेला आन्तरिक संगठनको निर्माणमै थियौँ। त्यति महत्व दिन नै सकेनौँ। तर जति जित्यौँ त्यो नै हाम्रो लागि उपलब्धिमूलक छ। अब संघीय संसदमा हामीले समय पाएका छौँ यसलाई सदुपयोग गरेर जान्छौँ। 

आगामी चुनावमा पनि एमालेसँग नै तालमेल गर्ने हो त?

गठबन्धनका कुरा त भइराख्याछन्। प्रतिगठबन्धन, महागठबन्धन होलान्। हामीले स्थानीय चुनावमा एमालेसँग गरेकाले एमालेसँगै सम्भावना पनि छ। तर यसबारेमा पार्टीमा छलफल पनि भएको छैन। कोसँग गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ। 

देशभर उम्मेदवार उठाउन पुग्ने नेता राप्रपा नेपालमा छैनन् भन्ने पनि छन् नि?

‘चोर औँलाले देखाएर फर्सी कुहिँदैन भन्ने उखान छ नि हाम्रो समाजमा। हाम्रा विरोधीहरुले जे पनि भन्न सक्छन् तर रियालिटी त्यो होइन। हामी पृथक् र बेग्लै एजेन्डा लिएर जनतामा स्थापित भएका छौँ।

जनताले अन्य पार्टीलाई हेर्ने नजर र हामीलाई हेर्ने नजर धेरै फरक छ। जनताको मनको सिंहासैनमा बस्न राप्रपा नेपाल सक्षम हुनेछ। 

उसो भए कति सिट ल्याउनुहुन्छ त संसदीय चुनावबाट?

ठ्याक्कै भन्ने त कुनै मेसिन छैन। यसका लागि त चुनाव पर्खिनैपर्छ। 

अघिल्लो पटकको प्रतिनिधिसभाको चुनावमा जम्मा एक सिट जित्नुभयो प्रत्यक्षतर्फ अहिले पार्टी फुटाएपछि त मत विभाजन हुँदा त्यही पनि गुम्ने भयो है भन्न खोजेको !

तपाईंले ठिक भन्नुभयो तर त्यतिबेला पनि राप्रपा तीन टुक्रा थियो। हामीले आगामी चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराउने भन्ने मुख्य उद्देश्य मात्र राखेका छौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.