दुई डीएसपीसहित घाइतेलाई कोहलपुर लगियाे

|

रुकुम (पूर्व) : रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकामा प्रहरीको भ्यान दुर्घटना हुँदा घाइते भएका मध्ये एक प्रहरी जवानको मृत्यु भएको छ।

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो। उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लैजाने क्रममा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज शनिबार दिउँसो सदरमुकाम रूकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने क्रममा प्रहरीको भ्यान दुर्घटना भएको हो। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान दुर्घटना भएको थियो।

भ्यानमा ६ जना सवारमध्ये पुनसहित ३ जना गम्भीर र ३ जना सामान्य घाइते भएका थिए। घाइतेमध्ये भ्यान चालक प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान सन्तोष बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.