|

काठमाडाैं : इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार दोस्रो खेलमा प्रभावशाली जित निकालेको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ४-० ले पराजित गर्दै आफ्नो उत्कृष्ट सुरुवातलाई जारी राखेको हो।

सिटीले फराकिलो जित निकाल्ने क्रममा पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा १ गोल थपेको थियो। १९ औँ मिनेटमा गुनडोगानले हालान्डको पासलाई सदुपयोग गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए।

सिटीले ३१ औँ मिनेटमा अग्रता दोब्बर बनायो। केभिन डि ब्रुयनेले फोडेनको पासलाई सदुपयोग गर्दा तेस्रो गोल फिल फोडेनले नै ३७ औँ मिनेटमा डि ब्रुयनेको पासमा संभव बनाए।

दोस्रो हाफमा पनि बल पोसेसन राखेपनि सिटीले ७९ औँ मिनेटमा आत्मघाती गोलमार्फत् चौथो गोल गरेको थियो। बोर्नेमाउथ्का लेर्मालाई लाग्दै गोल हुँदा सिटीले ४-० को अग्रता बनायो।

शनिबार नै भएको अर्को खेलमा आर्सनलले ४-२ ले पराजित गर्दा एस्टन भिल्लाले एभर्टनलाई २-१ ले पराजित गर्‍याे। त्यस्तै न्युक्यासल र ब्राइटनले गोलरहित बराबरी खेल्दा फुलह्याम र वुल्भसपनि गोलरहित बराबरीमा रोकिए। साउथ हेम्टन र लिड्स युनाईटेडले भने २-२ गोलको बराबरी खेलेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.