|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन्। मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ नेपाल आइपुगेका हुन्। उनलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साताअघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको जनाएको छ। 

प्रभाकरले नेपाललाई प्रतियोगितात्मक रूपमा केन्याविरुद्धको खेलबाट औपचारिक रूपमा सम्हाल्ने छन्। नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणमा निस्कने कार्यतालिका रहेको छ। केन्यामा रहँदा नेपालले पाँच खेलको टी–२० सिरिज र तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ। 

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन्। प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए। उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरे पनि पहिलो पटक कुनै अन्तराष्ट्रिय फुल टिम समाल्न लागेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.