|

हाम्रो अनुहारमा पनि किर्ना प्रजातिका जीव हुन्छन् भन्ने सुन्नु भएको छ?  हो, हाम्रो छालामा डेमोडेक्स फोलिकुलारुमजस्ता किर्ना प्रजातिका जीव हुन्छन् र त्यस्ता जीवले राति सुतेको वेला सम्भोग गर्ने र बच्चा जन्माउँछन्। 

रातको समयमा ०.३ मिलिमिटरका यी जीव हाम्रो छालाका छिद्रबाट समागमका लागि जोडी खोज्न निस्कन्छन्।

यी जीव रातको समयमा मात्र सक्रिय हुन्छन्। रातको समयमा जब हामी गहिरो निद्रामा हुन्छौँ उनीहरू हाम्रो छालाको छिद्रमा जान्छन्, सम्भोग गर्छन् र बच्चा जन्माउँछन्। 

हामीमध्ये ९० प्रतिशतको छालामा यस्ता जीव हुन्छन्। यस्ता जीव हामीले आमाको दूध खाँदा नै सर्ने भएकाले जन्मिएलगत्तै हाम्रो छालामा यिनीहरू आउँछन् र हाम्रो अनुहारमा बस्छन्।

यी जीवले हाम्रो अनुहार छालाका छिद्र सफा गर्ने काम गर्छन्। तर नयाँ एक अध्ययनले अनुवंशमा आइरहेको क्षयीकरणका कारण यी जीव लोप हुने अवस्थामा पुगेको देखाएको छ। 

धेरै मानिस अनुहारको छालालाई घामबाट छालालाई जोगाउन, नरम बनाउन र मृतकोष हटाउन विभिन्न सौन्दर्य प्रशाधन प्रयोग गर्छन्। यसका कारण हाम्रो अनुहारको छालाको गहिराइमा जीवन बिताउनेसाना जीव संकटमा पर्ने गरेका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.