|

काठमाडौं :  एक समयको प्रिमियर लिग 'किलर' को छवि बनाएको म्यानचेस्टर युनाईटेड पछिल्ला वर्षहरुमा निरन्तर संघर्ष गरिरहेको छ।

नयाँ सिजनको सुरुवात पनि युनाइटेड समर्थकहरुका लागि निरासाजनक रह्यो।  पहिलो खेलमा अनपेक्षित हार ब्योहोरेको म्यानचेस्टर युनाइटेडले लगातार दोस्रो खेलमा पराजित भयो। शनिबार राति ब्रेन्टफर्डको मैदानमा ४-० को फराकिलो हार भोग्दा युनाईटेडले १०१ वर्षपछि खराव इतिहासको निरन्तरता दिइयो।

युनाइटेडको आफ्नो प्रिमियर लिग इतिहासको पहिलो खेलपछि दोस्रो पटक खराब सुरुवातका रुपमा शनिबारको खेल दर्ज भयो। उसले प्रिमियर लिगको सुरुवाती खेलमा लगातार दुई हार भोगेयता यो उसको दोस्रो पटक खराव सुरुवात हो। १९२१ मा युनाईटेडमा जोहन च्याम्पमानले लगातार दुई हार भोगेयता डच प्रशिक्षक एरिक टन हागनै त्यस्तो प्रशिक्षक बने जसले प्रिमियर लिगमा युनाईटेडबाट लगातार सुरुवाती दुई खेलमा हार ब्योहोरे।

खेलको दशौं मिनेटमानै जोस डा सिल्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। उनले गरेको प्रहार गोलरक्षक डेविड डे हेयाको हातबाट फुत्किंदा युनाइटेड सुरुवातमानै पछि पर्‍यो। १८ औं मिनेटमा माथिअस जेन्सनले ब्रेन्टफर्डको अग्रता दोब्बर बनाए। उनले युनाइटेडको डिफेन्स र गोलरक्षकबीच समन्वय हुन नसक्दाको फाइदा उठाएका थिए।

३० औं मिनेटमा बेन मीले गोल गर्दै पहिलो हाफमानै युनाईटेडलाई रक्षात्मक अबस्थामा तर्फ धकेले। ३५ औं मिनेटमा काउन्टर अट्याकमा अघि बढेको ब्रेन्टफर्डले ४-० को सनसनिपुर्ण अग्रता बनाउँदा युनाइटेड समर्थक निरास बने। ब्रायन एम्बुएमोले वान भर्सेस वानको अबस्थामा गोल गर्दै घरेलु समर्थकलाई अनपेक्षित खुसि दिलाएका थिए।

दोस्रो हाफमा समालिएको युनाईटेडले गोल नखाएपनि विपक्षीको पोस्टमा गोल गर्न पनि असफल रह्यो। क्रिश्टियानो रोनाल्डोको जादुको अपेक्षामा रहेका युनाईटेड समर्थक पुन एक पटक निरास बनेका थिए।

यसअघि युनाईटेडले पहिलो खेलमा ब्राइटनसँग २-१ को हार भोगेको थियो। उक्त खेलमा क्रिस्टियानो रोनाल्डो बेन्चबाट प्रवेश गरेपछि प्रशिक्षक एरिक टेन हागको आलोचना समेत भएको थियो। शनिबार भने रोनाल्डोलाई सुरुवाती रोजाइमानै राखिएको थियो। तर उनको प्रभाव गतिलो भएन्।

युनाइटेड दुवै खेलमा हार बेहोरेपछि अंकबिहिन रहँदै अंक तालिकाको पुछारमा छ। दुई खेलमा ६ गोल खाएको युनाइटेडले १ गोल मात्र गरेको छ। ब्रेन्टफर्ड भने ३ खेलमा ४ अंकमाथि तेस्रो स्थानमा उक्लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.