|

काठमाडौं : बाँच्नका लागि न्यूनतम आधार खोज्नकै लागि हामी अनेकौँ प्रयत्नमा रहन्छौँ। समाज तथा राज्यका ठूलाठालु र नाइकेहरूसँग शरण पर्ने, हार गुहार गर्ने, सहयोगको लागि अनुरोध गर्ने लगायतका थुप्रै कदमहरु गरिन्छन्। यो भनेको राज्य विधि र पद्धतिमा सञ्चालन नभएको अवस्था हो।

नेपाली समाज एक कहालीलाग्दो इतिहासबाट गुज्रँदै आजसम्म आइपुगेको छ। समाजका केही अगुवाहरुले समाजको परिवर्तन गर्न र राज्य सत्ता नै परिवर्तन गर्न ज्यानैसमेत बलिदान गरेका छन्। उनीहरूप्रति सम्मान छ।

समाज क्रमिक रुपमा सुधार हुँदै गएको पनि छ। राज्य सत्ता पनि तानाशाहीपूर्ण अविच्छिन्न उत्तराधिकारवाला शासन पद्धतिबाट लोकतान्त्रिक शासन व्यवस्थामा आइपुगेको छ।

शासकीय प्रवृत्ति, सोचविचार र सत्तामोहको भावनाका अवशेषसँगै हस्तान्तरण हुँदै आउँदा रहेछन्।

आज आमनागरिक स्वतन्त्र देखिए पनि वास्तविकतामा भने जनजीवन उस्तै नै देखिन्छ। समाजका केही टाठाबाठा भनाउँदाहरू सकी नसकी आफू सत्ताको बागडोर सम्हाल्ने र शासक बन्ने  ध्याउन्नमा देखिन्छन्। यो नेपाली राजनीतिसँगै मौलाएको गलत प्रवृत्ति हो।

अब्राहम मास्लोको आवश्यकताको सोपानमा उल्लेख भएझैँ मानिसका आवश्यकता सोपान भई नै रहन्छन्। आज सारा नेपालीहरुमा म कहाँ छु भनेर सजिलै भन्न सक्ने अवस्था छैन। 

यतिसम्म कि आफ्नो भनिएको दलले आफ्नो जीवनको धरातलमा गम्भीर असर पर्ने निर्णय गरेछ भने पनि समर्थन गर्न बाध्य देखिन्छन्। अर्को कुनै विपक्षि भनिएको दलले समाजको हित हुने कुनै राम्रो काम गर्‍यो भने पनि अनावश्यक जलन भई विरोध गर्न बाध्य देखिन्छन्।

सामान्य र स्वाभाविक धरातलमा सामान्य जीवन गुजारा गरिरहेको मानिस अर्काको प्रगतिको चियो गर्ने र उसको पछि दौडने खालको बढ्दो प्रवृत्ति छ। जसको कारण सवैले आफ्नो धरातल छाड्दै गएको अनुभूति भएको छ।

एकथरि मानिस आफू जसरी पनि शासक बन्ने सोचमा महत्वकांक्षी योजना बनाउँछ। अर्कोथरि नागरिक ऊबाट आफ्नो जीवनलाई आवश्यक पर्ने जागिर, सरुवा, बढुवा लगायतका अन्य आवश्यकता पूरा हुने विश्वासमा पूर्ण विश्वस्त भएर अन्धो रुपमा उसको समर्थनमा जे पनि गर्न तयार भएर भक्तिगान गाउछ।

जो कुनै भ्रममा नपरी आफ्नो स्वतन्त्र जीवन बिताउन चाहन्छ उसलाई विभिन्न दल र गुटमा आबद्धहरूले हत्तोहैरान बनाइरहेका हुन्छन्।

यथार्थ के छ भने बहुलवादी राज्यसत्तामा कुनै एउटा दल नै सधैँ सत्तामा रहिरहन सक्दैन। उसको चाकडी र सेवामा जुटेबापत आफ्नो काम बन्छ भन्ने निश्चित पनि हुँदैन।

एउटाको भक्तिगान गाएर बस्यो अकास्मात सत्तामा अर्को देखा पर्छ। अब उसले भएभरको बल प्रयोग गरेर दु:ख दिन थाल्छ। यही लुट प्रणालीकै उपज थियो अमेरिकामा बहालवाला राष्टपतिको हत्या भएको।

जसको परिणामस्वरूप त्याँहाबाट योग्यता प्रणालीको बिजारोपण भएर विश्व समाजलाई फाइदा पुगेको छ।

नेपालमा पनि पूर्ण योग्यता प्रणाली र सबै निकायमा पद्धतिगत काम हुने हो भने दलहरुको पछि लागेर चित्त नबुझेको असत्य कुराको अन्धो समर्थन गर्नै पर्दैनथ्यो।

नागरिकले कुरा बुझ्न चाहँदा बुझ्न सक्छन् र बुझेकै पनि छन्। तर, भोलि आफ्नो कामको लागि भनेर कसैलाँई नपछ्याई धरै छैन।

यतिसम्म कि आफ्नो भनिएको दलले आफ्नो जीवनको धरातलमा गम्भीर असर पर्ने निर्णय गरेछ भने पनि समर्थन गर्न बाध्य देखिन्छन्। अर्को कुनै विपक्षि भनिएको दलले समाजको हित हुने कुनै राम्रो काम गर्‍यो भने पनि अनावश्यक जलन भई विरोध गर्न बाध्य देखिन्छन्।

आम नागरिक किन यसरी अन्धो हुन्छन त भन्ने मख्य प्रश्न आजको यथार्थ हो। पहिलो कुरा त अधिकांश नागरिकमा अभाव र आशा छ। ती आशाहरु पूरा गर्न कसैको आडमा रहनै पर्ने बुझाइ जकडिएको हुन्छ। दोस्रो कुरा यहाँ पद्धतिको भरमा भन्दा पनि राजनीतिक आडमा हर कामहरु फत्ते गरिने तीतो यथार्थ छ।

नेपालमा राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण नभएको भए यो अवस्था आउने पनि थिएन।

जनप्रतिनिधिबाट हुने गरेका गलत कार्यको जिम्मेवार निकाय निजलाई टिकट दिने दल नै हुने बाध्यकारी कानुन हुनैपर्छ। साथसाथै आम नागरिकमा वास्तविकता बुझ्न कोसिस गर्ने र राम्रोको समर्थनसहित सहयोग र नराम्रो कुराको खण्डन र विरोध गर्न सक्ने सामर्थ्यको विकास हुनुपर्छ।

आज आम नागरिक स्वतन्त्र रूपमा सोच्न, विचार गर्न र तथ्य केलाउने अवस्थामा छैनन्। यही नै हो विडम्बना। नागरिकले साँच्चै गम्भीर भएर सोच्ने नै हो भने हरेक सेवा सुविधा लिन मलाई– मलाई भनेर हात पसारेर निश्चित व्यक्तिलाई  देवत्वकरण गर्नै हुँदैन।

सबैलाई समान रूपमा सबै कुराहरु पद्धतिगत रूपमा प्राप्त गर्न माग गर्न सक्नुपर्छ। हरेक काम पद्धतिमा हुने हो भने यसरी गलत बाटोमा राजनीति मौलाउँदैन।

यथार्थ कुरा के हो भने दलहरूबाट भाषणमार्फत भ्रामक कुरा सुनेर थपडी मार्ने होइन। बरु गर्न सक्ने मात्र कामको तथ्यगत आधारसहितको लिपिबद्ध प्रतिबद्धतापत्र माग गर्न सक्नुपर्छ। ती काम प्रस्तावनाका आधारमा अगाडि बढे नबढेको आवधिक मूल्यांकन गर्न पाउने कानुनी आधार माग गर्न आवश्यक छ।

अर्को कुरा निर्वाचनमा उम्मेद्वार बन्दा दलले टिकट दिनुपर्ने अनि निर्वाचित जनप्रतिनिधिले गलत गरे ऊ स्वयं मात्र दोषी हुने चलन छ। यसमा पूर्ण रूपमा दल नै जिम्मेवारी बन्नुपर्छ। जनप्रतिनिधिबाट भएको काम गलत प्रमाणित भएको खण्डमा केही समयको लागि सो दल नै निर्वाचनमा सहभागी हुन नपाउने समेतको बाध्यकारी कानुन हुनु आवश्यक छ। यसो भयो भने मात्र थोरै बोल्ने धेरै काम गर्ने संस्कारको विकास हुन सक्छ।

अबको विकल्प भनेको राजनीतिक दलले आफूले गर्न सक्ने कामको तथ्यगत विवरणसहित  जनतासमक्ष जाने र कामको अध्यावधिक मूल्यांकन गरी आवश्यक कानुनी कारबाहीको भरपर्दो कानुन आवश्यक छ।

जनप्रतिनिधिबाट हुने गरेका गलत कार्यको जिम्मेवार निकाय निजलाई टिकट दिने दल नै हुने बाध्यकारी कानुन हुनैपर्छ। साथसाथै आम नागरिकमा वास्तविकता बुझ्न कोसिस गर्ने र राम्रोको समर्थनसहित सहयोग र नराम्रो कुराको खण्डन र विरोध गर्न सक्ने सामर्थ्यको विकास हुनुपर्छ।

आज नेपालमा क्रियाशील दलमा आबद्ध नेतृत्वले आफू शासन सत्ताको बागडोर समाल्नका लागि जस्तोसुकै भ्रामक कुरा सम्प्रेषण गर्न पछि परेका छैनन्।

सारा नागरिकका समस्या उस्तै प्रकृतिका छन्। तसर्थ देशको लागि केही गर्न र समाज सेवाको भावनाले मात्र राजनीति रोज्न दल तथा नेतालाई खबरदारी गर्नुको हामीसामु कुनै विकल्प छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.