|

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौमा थुप्रिएको फोहर देखेर श्रमदान गर्न मन लागेकाे बताएका छन्।

काठमाडौं आएका उनले यहाँ आउने बित्तिकै प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका हुन्। 

उनले फेसबुकमा लेखेका छन्,‘काठमाडाैंको चिल्ला र फराकिला सडक किनारामा फोहरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो!प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो!’

उनले काठमाडौंको सडक किनारमा थुप्रिएको फोहोर देखेर खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा भएकाे बताए । 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.