|

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताएका छन्।

काठमाडौंमा आज आयाेजित वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रम कार्यान्वयन विषयक परामर्श गोष्ठीमा बोल्दै सो कुरा बताइएकाे हाे।

वैदेशिक रोजगारीमा गई समस्यामा परेर फर्केका युवालाई लक्षित गर्दै सो योजना अगाडि बढाएको थियो। रोजगारबाट फर्किएका तर पूँजी नभएका श्रमिकहरुलाई पनि यो कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने योजना रहेको मन्त्री कुँवरले बताए।

मन्त्री कुँवरले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुन: एकीकरण कार्यक्रम कार्यान्वयन गर्न सबै मिलेर लाग्न आवश्यक रहेको पनि बताए। वैदेशिक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकासँग पनि समन्वय गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.