|

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने ६ जना चालकलाई कारवाही गरेको छ। आइतबार बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको जाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन्। 

मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा बा ३ क ९३५ नम्बरको ओमेगा सेकेण्डरी स्कुल कुमारी पाटीका बसचालक इन्द्रबहादुर श्रेष्ठ, बा १ क ९४५६ नम्बरको टाइम इन्टरनेशनल कलेजका बसचालक राजकुमार श्रेष्ठ र बा १ क ९३५६ नम्बरको त्रियोग हाई स्कुलका बसचालक साङ्गेल शेर्पा रहेका छन्। 

बा ८ च ९३८३ नम्बरको रेडिएन्ट पब्लिक स्कुलका  भ्यानचालक शिवकुमार क्षेत्री, बा १८ च ९८०१ नम्बरको ओरेन्ट इष्ट मन्टेश्वरी स्कुल बल्खुका भ्यानचालक मनोज महर्जन र बिएबी ००६४ नम्बरको निटिज बोर्डिङ स्कुल कुपण्डोलका भ्यानचालक भीमसेन नेपाली रहेका छन्। 

ट्राफिक प्रहरीको नियमित चेकिङमा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ८ वटा स्कुलका ८ जना बसचालकसमेत कारबाहीमा परेका छन्।

मदिरा पिएर स्कुलका सवारीसाधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियमअनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालकमार्फत विद्यार्थीलाई गन्तव्यमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गतेदेखि स्कुल बस जाँच गर्ने अभियान संचालन गर्दै आएको छ। हालसम्म १ सय १७ वटा स्कुल बसका चालकहरू कारबाहीमा परिसकेका छन्।

जसमध्ये मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २२ वटा र अन्य ट्राफिक नियम उल्लघंन गर्ने ९५ वटा स्कुल बसका चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.