|

झापा : प्रहरीले झापामा भारतबाट भन्सार छलेर भित्र्याइएको १५५ किलो (डेढ क्विन्टल) चिनी बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ८ बजे झापाको गौरीगंज गाउँपालिका वडा नं ५ जनता टोलस्थित मान्छे नबस्ने ग्वाली (गोठ)मा भारतबाट भन्सार छलेर ल्याई लुकाई राखेको अवस्थामा चिनी फेला पारेको हो।

प्रहरीले अन्दाजी १ लाख ११ हजार मूल्य बराबरको ३१ बोरा चिनी बरामद गरेको हो। प्रहरीले बरामद चिनी नियन्त्रणमा लिएर कार्वाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.