|

काठमाडौं : सोमबार देशभर ८ सय ८८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ७३७ जनामा गरिएको परीक्षणमा ८ सय ८८ जना संक्रमित भेटिएका हुन्। 

आज १ जना संक्रमितको मृत्यु भएको छ भने ४ सय ७४ जना संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ३८७ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ३ जना भेन्टिलेटरमा र ६४ जना आइसियूमा उपचाररत रहेका छन् भने १ सय ९९ जना संस्थागत आइसोलेशनमा र ५ हजार १८८ जना होम आइसोलेशनमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.