|

काठमाडाैं : नेपाली चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ।

सोमवार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा अभिनेता धीरज मगरसँगै कलाकारहरु अदिति बुढाथोकी, धीरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलीप गुरुङ, दिचेन्ला वाङ्बोको अभिनय रहेको छ।

कार्यक्रममा बोल्दै अभिनेता मगरले नेपाली सिने क्षेत्रमा स्टारडम बनाउन र अरुको ठाउँ ओगट्न आफू नआएको बताए। उनले आफ्नो कलालाई सकेसम्म राम्रो गर्ने उद्देश्यका साथ कलाकारितामा लागेको र अग्रजहरूका अभिनयलाई हेरेर सिक्दै अघि बढ्ने बताए।

त्यस्तै अभिनेत्री बुढाथोकीले काम गर्दा कुनै कठिनाइ नभएको बताइन्। उनले फिल्म धेरै मेहनत गरेर बनाएकोले हेर्नयोग्य चलचित्र रहेको बताइन्।

चलचित्र बाबरी आगामी असोज १४ गते देशभर प्रदर्शन हुनेछ। चलचित्र निर्माणको काम नसकिएकोले १४ दिन पछाडि सारिएको हो। फिल्म अभिनेत्री बुढाथोकीका मातापिता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन्। फिल्ममा संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको रहेकाे छ।

फिल्म निर्देशन र सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.